पोखरा। पोखरा महानगरपालिकामा पर्ने अर्मलाकोटमा ५ औं संस्करणको अर्मलाकोट पर्वतिय दौड हुने भएको छ । हरेक बर्ष झैं श्रीपन्चमीका दिन पोखरा देखि अर्मलाकोट सम्म १२ कि.मिको दुरीमा पर्वतिय दौड हुने भएको हो ।
अर्मलाकोट युथ क्लबको आयोजनामा आगामी फागुन २ गते हुने दौड प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको संयोजक जुम गुरुङले जानकारी दिए ।
फागुन २ गते बिहान पोखराको केआईसिं पुलबाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर दौड पुरा हुने जानकारी आयोजकले दिएका छन ।
दौड प्रतियोगिता सम्पन्न गर्नका लागी जुम गुरुङको संयोजकत्वमा मुल समिती समिति रहेको छ । त्यसैगरि स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन समितिको संयोजकमा उदिम गुरुङ, भोजन ब्यवस्थापन समितिको संयोजकमा नारायण गुरुङ, रुट (बाटो) ब्यवस्थापन समितिको संयोजकमा धुब्र गुरुङ रहेका छन् ।
यसै गरि अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती, स्वास्थ्य संयोजकमा कर्ण बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङलाई राखिएको छ ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्दितिय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना बापत ५ हजार रुपैयां पुरस्कार प्रदान गरिने अर्मलाकोट युथ क्लबले जानकारी दिएको छ ।