Play

पोखरा म्याराथनलाई वातावरणमैत्री बनाउन साइकलमा भोलेन्टियर खटिने

गुरुकुल खबर


पोखरा,  यहि फागुन ५ गते पोखरामा हुने  ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् ।

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो ।

म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयम सेवकसँग छलफल भएको मञ्चले जनाएको छ । छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त छलफलमा साइकल राइडरहरुले आ–आफ्नो जिज्ञासा राख्दै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मात्र नभई अन्तिममा आउनका लागि समेत सुरक्षा दिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले विभिन्न व्यक्तिले स्वयं–सेवक बन्नकै लागि नाम मात्र लेखाउनेलाई स्वयं–सेवक नबनाई वास्तवमै अन्तिम सम्म काम गर्नेहरुलाई मात्र राख्न अनुरोध गरे ।

उनीहरुले धावकका लागि साइकलबाट स्कर्टीङ गर्ने रुटको बारेमा शनिबार अध्ययन गर्ने भएका छन् । उनीहरुले अघिल्लो संस्करणमा भन्दा यस पटक रुट अलि सहज भएको कारण काम गर्न केहि सहज हुने समेत बताए । साइकल स्वयं–सेवकका लागि संयोजन गरेका शंकर भण्डारीले शनिबार रंगशालाबाट रुटको अवलोकनमा जाने बताएका छन् । उनले रुटको अवलोकन पश्चात के कसरी साइकल स्कर्टिङ गर्ने भन्ने बारेमा पुनः छलफल गर्ने सुनाए ।

म्याराथन अन्तर्गत भोलि शनिबार ह्विलचियर र दृष्टिविहिन दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । उक्त दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

२६ माघ २०८०, शुक्रबार १९:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा