Play

पोखरामा ‘धनिरामको गोरु’ नाटकको प्रदर्शन जारी

गुरुकुल खबर


पोखरा:  पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा  निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ।

नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ ,  यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय नाटकमा रहेको छ ।

   (नाटकका कलाकारहरु संगै नाटक हेर्न पुगेका प्राज्ञ प्रकाश  ज्ञवाली, पत्रकारहरु  गंगाधर पराजुली र रामकृष्ण ज्ञवाली) 

नाटकले गाउँले जिबन र पछिल्लो समयमा भित्रिएको प्रबिधिको प्रयोग अनि त्यसको  त्यसको चुनौतिलाई व्यंग्य गरेर पस्किएको छ । सर्बसाधारणले परम्परागत रुपमा संचालन गर्दै आएको काममा नया प्रयोग र प्रबिधि लागु गर्न खोज्दा आईपर्ने चुनौती लाई नाटकले स्पस्ट रुपमा झल्काएको छ ।

बिहिबार नाटक हेर्न पुगेका बिम्ब कबि  एबम प्राज्ञ रमेश श्रेष्ठले नाटकले ग्रामिण परिवेश र नया प्रविधिको प्रयोगमा आउन सक्ने चुनौतीलाई बुझिने गरि प्रस्तुत गरेको बताए ।

प्राज्ञ प्रकाश ज्ञवालीले पोखरालाई पर्यटनसंगै नाटक सहितको  कलासंस्कृति र साहित्यको शहरको रुपमा विकास गर्न सकिने बताउदै नाटक विधा महत्वपूर्ण विधा बनेको बताए ।

नाटक हेर्न पुगेका नेपाली काँग्रेसका युवा शितल अधिकारीले नाटकको विषयबस्तु र कलाकारको प्रतिभा साँच्चिकै प्रशंसनिय रहेको बताए ।

 

२६ माघ २०८०, शुक्रबार ११:०९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा