Play

सुन प्रकरणः जाँचबुझ आयोगद्वारा माओवादी नेता महरासँग बयान

गुरुकुल खबर


काठमाडौं- सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।

भण्डारी सुन प्रकरणका आरोपी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । आयोगले ब्रेक सुबाट ६० किलो सुन र विद्युतीय सिगरेट (भेप)बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

सो प्रकरणमा नाम जोडिएका र आरोपीहरुसँग आयोगले बयान लिइरहेको छ । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।

२६ माघ २०८०, शुक्रबार १०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा