Play

पोउवा संघको ७० औं स्थापना दिवसमा झन्डोत्तोलन

गुरुकुल खबर


पोखरा,  पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ । उद्योगी व्यवसायीहरुको हित गर्ने उद्धेश्यले अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । यो  पोखराको सवैभन्दा जेठो सामाजिक संस्था पनि हो ।

उद्योगी व्यवसायीहरुको हितका खातिर स्थापना भए पनि संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । यहाँको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस,पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्थाको स्थापना र संचालनमा सघाएको संघले महेन्द्रपुल,पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण पनि गरेको संघका वर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले जनाए ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि निरन्तरको पैरवी तथा २०६९ सालमा रिले अनसनको नेतृत्व पनि संघले नै गरेको थियो ।
स्थापना दिवसको अवसरमा बिहीबार संघको सचिवालयमा झण्डाृेत्तोलन गरिएको छ । कार्यक्रममा संघका वर्तमान अध्यक्ष प्रजापतिसहित पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठ र विश्वशंकर पालिखे,वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको  उपस्थिति रहेको संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

२५ माघ २०८०, बिहीबार २२:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा