Play

चापाकोटमा जारी महोत्सबमा विभिन्न समुहको प्रतियोगितात्मक प्रस्तुति र मनोरन्जनात्मक कार्यक्रम

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका -२३ चापाकोटमा जारी चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सबमा बिहिबार विभिन्न प्रतियोगिताहरु संचालन गरिएका छन्   । महोत्सबको दोश्रो दिन भएका विभिन्न प्रतियोगिताहरुले निरन्तरता पाएको तर फाइनल भने हुन बाँकि रहेको बुझिएको छ ।

बिहिबार टोलस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ  । १४ वटा टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता अन्तर्गत पहिलो राउण्डका खेलहरु सकिएको र अब सात वटा टिमको खेल हुन बाँकि रहेको महोत्सब आयोजक समितिका सचिब जिबन कुमार सुनारले गुरुकुल खबरलाई जानकारी दिए  ।

यसै गरि महोत्सब अन्तर्गत संचालित रतेउली प्रतियोगितामा पाँच टिमले आफ्नो प्रस्तुति दिएका छन् ।  जस अनुसार सिद्ध बराह आमा समूह, कल्याण आमा समूह, शहन्शील आमा समूह, तिर्सना अधिकारीको रतेउली समूह र सिद्ध बराह कक्षा ७ का बिध्यर्थिको रतेउली समुहले आफ्नो प्रस्तुति दिएका छन्  भजन प्रतियोगिता तर्फ बम्दी समाबेशी भजन समूहले आफ्नो प्रस्तुति दिएको छ ।

पन्चे बाजा प्रतियोगितातर्फ दुइ वटा टिमले मात्र बाजा प्रस्तुत गरेको छन्  जस अनुसार चापाकोट नौमती पन्चे बाजा समूह र भूका देउराली नौमती पन्चे बाजा समूहले बाजा प्रस्तुत गरेको छन् । यसै गरि अर्पिता गुरुंगको समुहले कौरा नाच र चापाकोट आधारभूत बिध्यालयको समुहले बाल नाच प्रस्तुत गरेको बुझिएको छ ।

महोत्सबमा आएका दर्शकहरुलाई मनोरंजन दिने क्रममा कलाकार मन्जु बिकको दोहोरी गीत र भ्वाइस अफ त्रिबेणीका बिजेता किशोर सुनारले आआफ्नो प्रस्तुति दिएका थिए ।

महोत्सब अन्तर्गत भलिबल प्रतियोगिताको संचालन राजु घलेले  गरेको र सांस्कृतिक कार्यक्रमको संचालन अग्रज कलाकार प्रजापति पराजुलीले  गरेका थिए  । बिहिबारको औपचारिक कार्यक्रमको प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका प्रमुख बिष्णु बहादुर क्षेत्री रहेको थिए भने कार्यक्रमको अध्यक्षता चापाकोट पर्यटन प्रबर्धन समितिका अध्यक्ष भिम पराजुलीले गरेका थिए ।

यस अघि गण्डकी प्रदेश सरकारका उद्बयोग,पर्यटन, बन तथा बाताबरण  मन्त्री दिपेन्द्र बहादुर थापाले बुधबार एक समारोहबीच महोत्सबको उद्घाटन गरेका थिए   ।

२५ माघ २०८०, बिहीबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा