Play

पोखरा म्याराथन : अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

गुरुकुल खबर


पोखरा । पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले अपाङ्ग तर्फको पुरस्कारको रकम हस्तान्तरण गरेका हुन् ।
व्हील चियर तर्फको महिला/पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार  मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई उनीहरले हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाई पनि प्रेरणा मिल्ने बताए । पुरस्कार प्रायोजनलाई आगामी ५ बर्षसम्म निरन्तरता दिने उनले बताए । पूर्व राष्ट्रिय खेलाडी स्व. गंगा बहादुर गुरुङ नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक सल्लाहकार एवं आजिबन सदस्य समेत थिए ।

मञ्चका अध्यक्ष पराजुलीले पुरस्कार प्रायोजन गरेकोमा आभार प्रकट गर्दै भने –“यस्तो सहयोगले मञ्चलाई दिर्घकालिन रुपमा बलियो बनाउन र स्व.गुरुङ र उहाँको खेल प्रतिको योगदानलाई सम्झिइरहन समेत भूमिका खेल्ने छ ।”

अपाङता तर्फको दौड प्रतियोगिता यहि माघ २७ गते शनिबार पोखरा रंगशालामा हुने छ । मञ्चले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।

२५ माघ २०८०, बिहीबार २०:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा