Play

अनुसन्धान प्रभावित पार्ने प्रयास भैरहेको भन्दै गृहमन्त्री श्रेष्ठको असन्तुष्टि

गुरुकुल खबर


पोखरा । नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध अनुसन्धानलाई प्रभावित गर्ने गरी भैरहेका गतिबिधि प्रति  असन्तुष्टि प्रकट गरेका छन् । पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सकिएपछि पोखराका संचारकर्मी हरु संग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सुशासनको माग गर्ने अनि अर्कोतर्फ दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउँदा विरोध गर्ने प्रविति कायम रहेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

उनले देश भ्रष्टाचारको सुचिमा यथावत रहेको स्विकार गर्दै  सोझासाझा जनता, सुकुम्बासी र मजदुरले भ्रष्टाचार नगर्ने तर नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा विरोध भएकोमा भन्दै आक्रोस समेत पोखे ।

‘एकातर्फ सुशासन कायम गर पनि भन्ने अनि अर्को तर्फ कोही नेता पर्यो भने राजनीतिक दल र नेता नै विरोधमा उत्रने, कोही कर्मचारी कारबाहीमा पर्यो भने कर्मचारी संगठनहरु कारबाहीमा उत्रने अनि कोही व्यपारी कारबाहीमा पर्यो भने व्यवसायीहरु आन्दोलनमा उत्रेपछि कारबाही कसलाई गर्ने हो ?’ उनको प्रश्न थियो ।

पहुँच भएका सम्पन्नशाली बर्ग, सत्ताको नेतृत्व गरेका दलका नेताहरु र कर्मचारी नै भ्रष्टाचारमा संलग्न भएको उनले उल्लेख गरे । ‘सोझासाझा जनताले त भ्रष्टाचार गर्दैन । सुकुम्बासीले र मजदुरले भ्रष्टाचार गर्दैन । भ्रष्टाचार गरेर्का विभिन्न समयमा सत्तामा रहेका नेताहरुले नै हो । कर्मचारीले र राज्यसत्तामा पहुँच भएका सम्पन्नशाली बर्गले नै हो । उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।

उनीहरुलाई अनुसन्धान गरेर कारबाही गर्दा विरोध हुन्छ भने कारबाही कसलाई गर्ने ?’ उनले भने, तर जतिसुकै विरोध गरेपनि देश लुट्नेलाई कुनै हालतमा यत्तिकै छाडिन्न । अब देश लुटे लुट्नुस भनेर यत्तिकै सहेर बस्न सकिन्न ।’

गृहमन्त्री श्रेष्ठले कुनैपनि निर्दोष मानिसलाई नफसाइने र दोषीलाई नछोडिने पनि प्रष्ट पारेका छन् । सुशासनका लागि काम गर्दा जनताका अपेक्षा पूरा नभएका हुनसक्ने भन्दै तथ्य र प्रमाणले भेटेका दोषीलाई कारबाही गरेरै छाड्ने दृढता प्रकट गरेका छन् ।

उनले छिट्टै शान्ति प्रक्रिया टुंग्याउने तयारीमा सरकार रहेको जानकारी दिए । सुशासन, सामाजिक न्याय र समृद्धिको अभिभारा पूरा गर्न सरकार लागिपरेको उनले बताए ।

संघीयता कार्यन्वयनको  चरणमा रहेको चर्चा गर्दै उनले कार्यान्वयनमा ढिलाइ हुँदा केही प्रश्न उठाइएको स्विकार गरे । उनले संघीयता लागू भएसंगै चुनौती र अबसर दुबै रहेको उनले बताए । उनले संविधानले प्रत्यायोजित गरेका अधिकारलाई व्यवहारमा स्थापित गर्दै जनताको अवस्थामा सुधार ल्याएर जनतालाई समृद्ध बनाउने कार्यभार आफूहरूमा रहेको धारणा राखे ।

गृहमन्त्री श्रेष्ठले पुर्खाले आर्जेको स्वाभिमान र सार्वभौमिकतालाइ मजबुद पार्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।

गोष्ठीमा गण्डकी प्रदेशका सबै सुरक्षा अंगका प्रमुख, ११ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिका सदस्यको सहभागिता थियो ।

२० माघ २०८०, शनिबार १५:०२ मा प्रकाशित
Nabintech