Play

आहा ! रारा पोखरा गोल्डकपमा नेपाल आर्मीको त्रिभुवन क्लब क्वाटर फाइनलमा प्रवेश

गुरुकुल खबर


पोखरा । पोखरामा जारी २३ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखरा द्वारा आयोजित प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

टिमका लागि एक मात्र गोल टिम कप्तान भरत खवासले गरे । खेलको २७ औं मिनेटमा गोल गरेका भरतको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।   निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

बिहिबार हुने तेश्रो तेस्रो प्रिक्वाटर खेलमा मच्छिन्द्र क्लब र जावलाखेल क्लब भिड्ने छ ।

१० माघ २०८०, बुधबार २२:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा