Play

पोखराको मेथ्लांगमा जीप दुर्घटना, एकको मृत्यु, दुई बृद्धा घाइते

गुरुकुल खबर


पोखरा,  कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको जीप चिसाखोलामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।

ग ३ च २६०३  न.को दुध बोक्ने सिङ्गल क्याब  बोलेरो जीप सडकको दाँया तर्फ  करिब २० फिट तल खसेर दुर्घटना हुन पुगेको थियो दुर्घटनामा परि मृत्यु हुनेमा जीपका चालक पोखरा महानगरपालिका -१८ बस्ने ४९ बर्षीय कृष्ण थापा रहेका छन् घाइतेहरुको मणिपाल हस्पिटलमा उपचार भैरहेको छ ।

यसैगरि दुर्घटनामा परि घाइते हुनेमा सोहि ठाउँ बस्ने ६९ वर्षकी हिमकला थापा र ७० बर्षकी चन्द्रकला थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ जीप चालक थापाले आफ्नो नजिकका बृद्धा चन्द्रकला र हिमकला लाइ वृद्धभत्ता लिन को लागी गाडीमा लिएर जाँदै गरेको बेला दुर्घटना भएको बुझिएको छ ।

दुर्घटना भएको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षकको कमाण्डमा १३ जनाको टोलि घटनास्थल पुगेर उद्वार गरेको र सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको समेत प्रहरीले जनाएको छ ।

१० माघ २०८०, बुधबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा