Play

स्याङ्जामा सत्तापक्षीय गठबन्धनको मतदाता भेटघाट सम्पन्न

गुरुकुल खबर


पोखरा,  राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले स्याङ्जामा मतदाता भेटेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सार्दै चुनावी अभियान अन्तर्गत आज स्याङ्जामा कार्यक्रम गरिएको हो ।

स्याङ्जामा आयोजित कार्यक्रममा उम्मेदवारहरूले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी भएको बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रिय सभाको निर्वाचनको परिणम देश र जनताका लागि उपलब्धिपूर्ण बन्नुपर्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुुभयो ।

नेपाली काँग्रेस स्याङ्जाका सभापति राजुु थापाको सभापतित्व एवम् नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा उम्मेदवारको परिचय नेपाली काँग्रेसका महामन्त्री विष्णु लामिछानेले गराउनुुभएको थियो भने नेकपा मोअेवादी केन्द्रका नेता एवम् संविधानसभा सदस्य गुुणाखर बस्याल लगायतले बोल्नुुभएको थियो ।

गठबन्धन दलका तर्फबाट गण्डकी प्रदेशका नवलपुर, गोरखा, लम्जुुङ, तनहुँ, स्याङ्जामा मतदाता भेटघाट सम्पन्न गर्दै बाँकी जिल्लामाघ ६ गते म्याग्दी र बाग्लुङ हुदै आगामी ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो ।

५ माघ २०८०, शुक्रबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा