Play

नेपालको राज्यप्रणाली निकै कमजोर हुँदा संविधान कार्यान्वयनको पाटो पनि कमजोर-प्याकुरेल

गुरुकुल खबर


पोखरा,  टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले नेपालको राज्य प्रणाली अत्यन्त कमजोर र निरिह बनेको कारण नागरिकहरुले संबिधान प्रदत्त अधिकारको सहि उपयोग गर्न नपाएको बताएका छन् पोखरामा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सयपत्री समाजको आयोजनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै प्याकुरेलले राज्यप्रणाली निकै कमजोर हुदाँ संविधान कार्यान्वयनको पाटो पनि कमजोर बनेको र जनताले चाहे अनुरुप हुन नसकेको बताए ।

नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक रहेकोले नागरिकले धेरै अधिकारहरु पाएको भएपनि भारत जस्ता बाह्य हस्तेक्षेप गर्ने मुलुकका कारण संबिधान समेत खतरामा परेकोले आमनागरिक एक ठाउँमा आएर सरकारलाई झक्झक्याएर राजनिति सच्याउनुपर्ने कुरामा जोड दिए ।

नेपालको संविधान र कार्यान्वयनको चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौँमा नागरिक समाजको सक्ति कम्जोर बनेकोले सोचे अनुरुप को उर्जा प्राप्त नभएको भन्दै गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार लेखक तथा समीक्षक कनकमणि दिक्षितले बाह्य हस्तक्षेपले नेपालको संविधान तथा लोकतन्त्रमाथि धावा बोल्दै गर्दा नेपालको सार्वभौमिकता खतरामा रहेको बताए । उनले नेपालको राजनिति ओरालो लाग्दो भएपनि नेपाल अरु मुलुक भन्दा स्वतन्त्र र जनताले स्वतन्त्रतापूर्वक बोल्न पाउने देश भने नेपालनै रहेको बताउदै नेपालको हरेक गतिविधिहरुमा बाह्य देशको हस्तक्षेपले खतरा बढ्दै गरेको कुरामा जोड दिए।

उनले संविधान कार्यान्वयनको मुख्य चुनौती भनेको नै संविधान खारेज हुने अवस्था आउनसक्नु हो भन्दै संबिधान माथिको खतरा भारत र चीन दुवै मुलुक बाट भएपनि चीनबाट त्यो सम्भव नभएकोले भारतसंग सजग हुनुपर्ने बताए ।

नेपालको सरकार भारतसंग लचकदार बन्नुपर्ने भएकोले भारत बिरोधी कुरा गर्न नसक्ने बताउदै उनले कर्मचारीतन्त्र, प्रहरी, राजनीतिक दल सबैतिर भारतीयको प्रभाव बढेको दाबी गरे, यसै संदर्भमा उनले संसदमा एघार प्रतिसत प्रतिनिधि भएको पार्टीको नेता प्रधानमन्त्रि बन्नु पनि भारतको चाहना बमोजिम भएको दाबी गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष शुक्रराज शर्माले संबिधान जनताको लागि बनेको ले जनताको अपनत्व हुनु पर्ने बताउदै जनतालाइ मालिक सम्झेर काम गर्नुपर्ने खाँचो औल्याए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु प्रसाद लामिछानेले निर्वाचन प्रणालीमा देखिएको बिकृति, शासक हरुको रबैया, कानुन निर्माणमा ढिलाई, सत्ता पक्ष र बिपक्षको भूमिका कम्जोर हुनु, नागरिक समाजको बलियो उपस्थिति नहुनु, सौहाद्रपूर्ण बाताबरण खलबलिनु, संबैधानिक निकायमा हुने नियुक्तिमा भागबन्डा हुनु जस्ता कारणले संबिधान र कानुनमाथि चुनौती थपिएको बताए । आफ्नो देश भित्र दल, नागरिक समाज, सरकार ठिक राख्न नसक्नु तर धर्मको नाममा वा अरु किसिमबाट भारतीय हस्तक्षेप हुन लाग्यो भनेर चिन्ता जाहेर गर्नु हास्यास्पद भएको बताए ।

नेकपा एमालेका अध्यक्ष एबम संसद मनबहादुर गुरुङले अनुभव र योग्यताको कमि भएको र धर्म निरपेक्षता, संघियता, समाबेसी आदि कुराले गर्दा संबिधान संसोधनको आवाज उठ्दै गएको बताए ।

नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले सरकारले संसद विरोधी गतिविधि गर्नेहरु प्रति कारबाही नभएको बताउदै जनताका आधारभूत कुराहरु पुरा गर्ने जिम्मेवारी सरकारको भएतापनि पुरा हुन नसकेकोमा दुख व्यक्त गरे ।

त्यस्तै माओवादीको तर्फबाट बिनय थापाले नेपालको संविधान पहिलो पटक नेपालको सार्वभौम जनताले जारी गरेको संविधान रहेको बताए । उनले सविधान भनेको समय र आवश्यकता अनुरुप बदलिदै जाने र सबै पार्टीहरु तथा नागरिक समाजले राष्ट्रप्रति एउटै साझा धारणा राखेर आगाडि बढ्नु आवश्यक रहेको कुरामा जोड दिए ।

प्राध्यापक विश्वकल्याण पराजुलीले नेपाल दुई ठुला देशहरुको बिचमा परेर संकटमा परेको र देशमा समावेशी नाममा मात्र सिमित रहेकोले यसको सहि ठाउँमा प्रयोग नभएकोले समस्या भएको स्पस्ट पारे ।

कार्यक्रममा राजनितिक पार्टीका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरु बद्रीविनोद प्रतिक, बिना शिलवाल, बिष्णु प्रसाद बराल, इन्सेक पोखराका प्रमुख शिब खकुरेल लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

१ माघ २०८०, सोमबार १४:४१ मा प्रकाशित
Nabintech