Play

माछापुच्छ्रे अध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा सुरु

गुरुकुल खबर


निराजन अधिकारी

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा घाचोक मेधराज मा.विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

विहिवार भएका खेलमा रुपा गा.पा कास्कीले माछापुच्छ्रे गा.पा रातोलाई , निसिखोला गा.पा बाग्लुङले मोदी गा.पा पर्वतलाई हराएको छ । अन्नपुर्ण गा.पाले प्रतिस्पर्धी क्लब बाग्लुङ न.पा बाग्लुङ र माछापुच्छे« गा.पा निलो कास्कीले पुतलिबजार न.पा स्याङजाले वाक ओभर दिएपछि आगामी यात्रा तय गरेका हुन। साथै मल्कोट नगरपालिका वाग्लुङ र शुक्लागण्डकी न.पा तनहुँ विच भएको खेल लाईट पोटेष्टका कारण स्थगित भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री मन्त्री, माननीय श्री सुशिला सिंखडाले खेला मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विस्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले यस्ता प्रतियोतिा आयोजना गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका यूवा जनशक्तिलाई प्रगती र उत्थानको बाटोमा डोयाउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न आमासमुह, युवाक्लब साथै सामाजिक संघसंस्थाहरुको सहमागितामा झाकी सहितको ¥याली निकालिएको थियो ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.३ घाचोकका अध्यक्ष हरिशचन्द्र लाम्साले र संचालन माछापुच्छ्रे गाउँपालिका भलिबल संघका सचिव होम प्रसाद गुरुङले गनुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।

२७ पुष २०८०, शुक्रबार ११:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा