Play

विन्ध्यवासिनी माविमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन

गुरुकुल खबर


पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।

विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रशंषा गर्नुभयो । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको वताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।रेडक्रसका जिल्ला सदस्य सुवासवावु अधिकारीले मानविय सेवामा रेडक्रसले खेलेको भुमिकाको चर्चा गर्नुभयो ।

कार्यक्रममा ५० औं पटक रक्तदान गरेका राम व. वानिया, ४८ औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१ औं पटक रक्तदान गरेका नविन्द्र तिमिल्सीना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९ औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई रक्तदानका लागी प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको सहयोग, रक्त संचार केन्द्रको प्राविधीक सहयोग मा भएको कार्यक्रमको संचालन शिक्षक नायक सरिता पौडेल भट्टराईले गर्नुभएको थियो ।

 

२६ पुष २०८०, बिहीबार २१:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा