Play

पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट पोखरालाई पर्यटन वोर्डको सम्मान

गुरुकुल खबर


पोखरा,  नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट पोखरालाई पनि सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मानपत्रले सम्मान गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सम्मानले परिषदलाई अझै काम गर्ने हौसला बढाएको बताए , पोखरा पर्यटन परिषद पोखरेली पर्यटन व्यवसायीको छाता संस्था भएकाले परिषदको सम्मान सबै पोखरेली पर्यटकीय संस्था र पर्यटन व्यवसायीकै सम्मान भएको आफूले महसुस् गरेको उनले बताए ।त्यसैगरी पर्यटन वोर्डले पोखराको माउण्ड कैलाश रिसोर्टलाई पनि सम्मान गरेको छ ।

स्तरीय सेवा दिएर पर्यटन प्रर्वद्धनमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै होटल माउण्ट कैलाशलाई सम्मान गरिएको हो ।पोखरा पर्यटन परिषदले प्रर्वद्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै पर्यटन वोर्डले सम्मान गरेको हो ।

२६ पुष २०८०, बिहीबार ०८:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा