Play

कांग्रेसबाट राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार तय, शेखर-गगन समुहबाट तिन जना मात्र

महामन्त्री थापाको लिखित असहमति


गुरुकुल खबर


काठमाडौं,  नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार  चयन रहेको हो । १० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता प्रकाकाशमान सिंह निकट हुन् ।

यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री हुन् भने रिसेडका अध्यक्ष समेत रहेका परियार कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । सापकोटा कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् ।

गण्डकी प्रदेश बाट अन्य समुहमा कांग्रेस नेता स्यांजाका गोपालमान श्रेष्ठ र कास्कीका शोभियत बहादुर अधिकारीको नाम विशेष चर्चामा थियो तर नेताहरुको आपसी खिचातानीका कारण गोरखाका किरणबाबु श्रेष्ठले मौक़ा पाएको कतिपयको भनाई छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।  रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।

उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्।

नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति राखेका हुन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।

यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको मापदण्ड पालना नगरिएको उनको फरकमतमा उल्लखे छ । कांग्रेस केन्द्रीय समिति बैठकले कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाएको थियो ।

साथै सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको महामन्त्री थापाको भनाइ छ । थापाले आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।

असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने थापाले स्पष्ट पारेका छन् ।

यस्तै मधेश प्रदेशबात ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीको पनि लिखित असहमति छ । मधेस प्रदेशबाट मधेशी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएकोमा उनीहरुको आपत्ति थियो ।

२३ पुष २०८०, सोमबार ०८:४४ मा प्रकाशित
Nabintech