Play

महिला संघ कास्की सदस्यता वितरण अभियानमा, जिविकोपार्जनका लागि विकको परिवारलाई आरन सहयोग

गुरुकुल खबर


पोखरा, आगलागीका कारण समस्यामा परेकी पोखरा महानगरपालिका वडा नं २३ की उर्मिला सानु विकको परिवारलाई जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले एक थान आरन प्रदान गरिएको छ ।

नेपाल महिला संघ कास्कीले त्यस वडामा संघको सदस्यता वितरण गर्ने अभियान शुरु गरेको दिन कास्कीको अन्नपूर्ण गाउ पालिका -८ छदेगाँउ घर भई रोजगारीको सिलसिलामा थाईल्याण्डमा रहेका खुशीमान गुरुडंको आर्थिक सहयोगमा उक्त आरन उर्मिलाको परिवारलाई प्रदान गरिएको हो।

उर्मिलाको परिवारलाई जिविकोपार्जन गर्न सजिलो होस भन्ने उद्देश्यले आरन सहयोग गरिएको गुरुडंले जानकारी दिए ।

यसै विच वडा नं २३ मा नेपाल महिला संघले सदस्यता वितरण गरेको छ । संघका जिल्ला अध्यक्ष मिना पाण्डेको अध्यक्षतामा एक कार्यक्रम गरेर सदस्यता वितरण गरिएको जनाईएको छ ।

स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक टोपलीदेवी पराजुलीको प्रमुख आतिथ्यतामा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल महिला संघ कास्की क्षेत्र नं ३ का सभापति जुना केसी, संघका कास्की जिल्ला प्रवक्ता अम्बिका ढकाल र नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ कास्कीका कोषाध्यक्ष भीमकुमारी आले लगायतले हरेक क्षेत्रमा महिलाहरुको समान सहभागिताका लागि राजनीतिक रुपमा पनि महिलाहरुको सशक्तिकरण ज़रूरी रहेको कुरामा जोड दिएका थिए ।

१९ पुष २०८०, बिहीबार २२:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा