Play

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

गुरुकुल खबर


पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का (रविन्द्र) विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ ।

यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।

सो अवसरमा नेपाल फेन्सिङ संघका कोषाध्यक्ष अनुप कपालीले पोखरामा ५ वर्ष अघि बाट सुरु भएको फेन्सिङ खेलले खेलाडी उत्पादन गरी राष्ट्रियस्तरमा पदक जित्न सफल भएको भन्दै प्रशंसा गरे ।

संघका नवनिर्वाचित अध्यक्ष शाहीले गण्डकीमा फेन्सिङ खेलको विकासका लागि निर्वाचित कार्यसमितिले कोही कसैसंग भेदभावपूर्ण ब्यबहार नगरी योजनावद्ध रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यहाँहरुले दिनुभएको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । संघलाई सुशासन तर्फ अघि बढाउने संगै लैङ्गिक समानता, अनुशासन र खेलकुदप्रतिको उच्च मर्यादामा रहि संघ अघि बढ्ने छ ।”

सम्पन्न अधिवेशनमा निर्वाचन समितिको संयोजकको जिम्मेवारी सम्हालेका विष्णु प्रसाद अधिकारी र घनश्याम पौडेलले नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

१७ पुष २०८०, मंगलवार ०८:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा