Play

प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली दोजाङ च्याम्पियन,रिसिङ पाटन दोस्रो र भिमाद तेस्रो

गुरुकुल खबर


पोखरा, पोखरामा भएको प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो प्रतियोगितामा आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन भएको छ ।

प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ७ कास्य पदक सहित आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन वनेको हो ।

उक्त प्रतियोगितामा ५ स्वर्ण, २ रजत पदक सहित तनहुको रिसिङ पाटन दोस्रो र ४ स्वर्ण, ६ रजत र १२ कास्य पदक सहित तनहुको भिमाद दोजाङ तेस्रो भएका थिए । प्रतियोगितामा २ स्वर्ण प्राप्त गरी आयोजक अञ्जुली तेक्वान्दो दोजाङका पितर तामाङ र महिला तर्फ रिसिङ पाटन दोजाङकी सलका श्रेष्ठले २ स्वर्ण पदक प्राप्त गरी उत्कृष्ट खेलाडी घोषित भए । विजयी टिमलाई पदक प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवर प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत मिल्ने बताए ।

नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक विशाल बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेदश सभा सदस्य दिलमाया पवि, नेपाल अन्तराष्ट्रिय तेकवान्दो महासंघका महासचिव घमबहादुर थापा, पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधान अञ्जुली आवासीय माविका संस्थापक निर्देशक राजु केसी शिक्षक लक्ष्मण पौडेल, वाग्लुङ जिल्ला तेक्वान्दो संघका सदस्य चिरन वुढामगरलेबोलेका थिए ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवसिय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५० जना खेलाडिले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा कास्की, लम्जु·, तनहु, स्याङ्जा, वाग्लुङ, पर्वत, म्याग्दी १८ दोजाङहरुको सहभागितामा २६ वटा विधामा प्रतियोगिता भएको कार्यक्रम संयोजक तथा खेलाडीहरुले प्याट्रनतर्फ पहेँलो ,हरियो ,हरियो ,निलो ,निलो ,रातो पेटीको लागि प्रतिस्पिर्धा गरिएको थियो ।

त्यसैगरि स्पाईरिङ तर्फ २०–२५ ,३०–३५, २५–३०,३५–४० ,३०–३५ , ४०–४५ , ३५–४० , ४५–५० , ४०–४५ , ५०–५५ , ४५–५० , ५०–५५ , ५५–६० , ६० के.जी. तौल समुहमा प्रतिस्पिर्धा भएको संयोजक बुढामगर जानकारी दिए ।

१६ पुष २०८०, सोमबार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा