Play

चापाकोट सेवा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

गुरुकुल खबर


पोखरा, कास्कीको तत्कालीन चापाकोट गाविस क्षेत्रबाट पोखरामा आई विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था चापाकोट सेवा समाजको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

विगत केही वर्षदेखि निष्क्रिय जस्तै बनेको संस्थालाई गतिशील बनाउने लक्ष्यका साथ केही वर्ष पछि साधारण सभा सहित अधिवेशन गरेर नया कार्यसमिति समेत चयन गरिएको हो ।

अधिवेशनले शिक्षासेवी बिश्वेस्वर प्रसाद पराजुली अध्यक्ष रहेको नया कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा क्या.मानकाजी गुरुङ्ग, सचीवमा दीपक प्रसाद पारजुली कोषाध्यक्षमा हरिराम पराजुली र सह-सचिबमा लक्ष्मी देबकोटालाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा रामराज पराजुली, सदिक्षा पराजुली, जीबनाथ लामिछाने, रामचन्द्र नेपाली र अन्जु पराजुली समेत निर्विरोध निर्वाचित भएका छन । अधिवक्ता पदम पाणी देवकोटा संयोजक रहेको निर्वाचन समितिले नया कार्यसमिति चयनको प्रक्रिया पुरा गरेको हो ।

साधारण सभा तथा अधिवेशनका अवसरमा संस्थाका सस्थापक अध्यक्ष पदमपाणी देबकोटा, चापाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं चापाकोट गाविसका पुर्व अध्यक्ष भेषराज पराजुली, सस्थाका निबर्तमान अध्यक्ष शिबलाल पराजुली, चापाकोट गाविसका पुर्व उपाध्यक्ष भिम राना, सस्थापक सल्लाहकार हरि प्रसाद लामिछाने, पुर्ब सल्लाहकार जुमकाजी गुरुडं, निवर्तमान सचीव दीपक प्रसाद पराजुली लगायतले संस्थाका विविध गतिविधि बारेमा चर्चा गरेका थिए ।

संस्थामा हाल १ सय १२ जना आजिवन एवं साधारण सदस्य रहेका छन ।

संस्थाले चापाकोट क्षेत्रको समग्र बिकासका लागि विभिन्न तहका सरकार र सरोकारवालाहरु संग लविंग गर्ने, विभिन्न किसिमबाट अप्ठेरोमा परेकाहरुलाई मानवीय एवं अन्य किसिमको सहयोग गर्ने, चापाकोट क्षेत्रबाट पोखरा आई बसोवास गर्नेहरु बिचमा आपसी सद्भाव र एकता वृद्धि गर्ने लगायतका कामहरु गर्ने संस्थाका सचिव दिपक पराजुलीले गुरुकुल खवरलाई जानकारी दिएका छन ।

नया कार्यसमितिले समितिमा रिक्त रहेका सदस्य एवं सल्लाहकारहरुको मनोनयन गर्ने जनाएको छ ।

१६ पुष २०८०, सोमबार १९:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा