Play

कालिका बहुमुखीमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत

गुरुकुल खबर


पोखरा ११ पुस,  पोखराको काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले बुधबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्यो।

क्याम्पसको स्नातक तह पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको सम्मानमा क्याम्पसको कल्याणकारी समितिले कार्यक्रमको आयोजना गरेको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीले कार्यक्रमको उदघाटन गरेका हुन । केसीले कालिका बहुमुखी क्याम्पसले पोखराको उच्च शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गर्दै विद्यार्थीहरु अनुसाशित परिश्रमी बन्नु पर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसको भविस्य विद्यार्थीको प्रगतिसग जोडिएको बताउदै विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने तरिकाले पढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नृत्य प्रत्योगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा एघारको शिक्षा शंकायकी छात्रा स्वस्तिका दर्जीको समुह पहिलो भएको थियो ।

यसैगरी कक्षा एघार शिक्षा शंकायकै सन्जु घतानेको समूह दोस्रो भएको थियो भने नेहा गुरुङको समुह तेस्रो र अनिष थापा मगरको समूहले सान्त्वना स्थान प्राप्त गरेको सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले जानकारी दिए ।

विद्यार्थी कल्याणकारी समितिकि अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोशन केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको अर्का सहायक क्याम्पस प्रमुख युवराज गुरुङले जानकारी दिए ।

११ पुष २०८०, बुधबार १८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा