Play

फेवा वचत तथा ऋण सहकारी संस्थाको २५ औ स्थापना दिबस, सरसफाई कार्यक्रमको आयोजना

गुरुकुल खबर


पोखरा, फेवा वचत तथा ऋण सहकारी संस्था ली. पोखरा – ५ जिरो किमि को २५ औ स्थापना दिबसको अबसरमा आफ्ना दुबै कार्यालय वरपर सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनायो ।

सो अबसरमा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रामबजार सोसाइटी यूकेका प्रमुख सल्लाहकार एवं फेवा सहकारीका सल्लाहकार प्रमुख अतिथि महेश गुरुङ्गले रसफाईका सामाग्री सरसफाइ कार्यक्रम संयोजक फेवाका उपाध्यक्ष शेयर काजी गुरुङ्ग लाई हस्तान्तर गरि कार्यक्रमको उद्धाटनगर्नुहुदै अहिलेको स्तिथि र परिस्थिति मा फेवा सहकारीले गरेका आर्थिक कारोबार को प्रशंसा गर्नुहुदै सहकारीका सबै कार्य उच्च र स्मरणीय रहेको र आउदा दिनमा पनि सहकारी अझ मजबुत राख्न यो टिम लागिरहन प्रेरित गर्नुहुदै रजत महोत्सव बर्षका सबैकार्यको सफलताको शूभकामना दिनुभयो।

२५ औ बर्षमा प्रवेश गरेको अबसरको पहिलो दिन फेवा सहकारीको आफ्नै भवन वरपर र भद्रकाली चोक पोखरा १३ मा रहेको सेवा केन्द्र परिसरमा बिहान ८ बजे एकैसाथ सरसफाइ कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रम संगसंगै नया पदाधिकारी र उपसमिति लाई पौष १२ गते बिहान ८ बजे सहकारी सम्बन्धि १ दिने प्रशिक्षण दिने कार्यक्रम रहेको सहकारीका प्रबन्धक जगन तिमल्सिनाले बताउनु भयो।

२५औ बार्षिक कार्यक्रम अन्तर्गत दुबै केन्द्रमा बिहान सरसफाइ कार्यक्रम र साझ दिप प्रज्जलन गरि सम्पन्न गरिएको कार्यक्रममा करिब ७५ जनाको सहभागी रहेको कार्यक्रममा करिब ५ कुन्टल फोहर संकलन गरि टोल टोलमा सरसफाइका बारेमा सचेतना जागरण गराईएको थियो।

कार्यक्रममा फेवा सहकारीका निबर्तमान अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्ग, रामबजार सोसाइटी यूके का सस्थापक उपाध्यक्ष एवं सहकारीका शेयर सदस्य रूपक गुरुङ्ग, न्युयोर्क तमू समाज अमेरिकाका सस्थापक अध्यक्ष डमरजंग गुरुङ्ग, तनहू तमू समाज यूकेका निबर्तमान अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ,भद्रकाली सेवा केन्द्रका संयोजक क्या. श्याम गुरुङ्ग लगायतका बक्ताहरूले आ– आफ्नो मन्तव्य प्रस्तुत गर्नुहुदै अबको सहकारी सदस्य मुखी बनी कर्जा लगानीमा बिषेश ध्यान दिनुपर्ने सबैले बताउनु भयो।

उक्त कार्यक्रम मा सहकारीका सात सिद्धान्त महिला सदस्य किरण बैंध बिजुक्छेले बाचन गर्नु भएको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक शेरकाजी गुरुङ्गले स्वागत र फेवा बचत तथा ऋण सहकारीका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतीत्वमा सम्पन्न सरसफाइ कार्यक्रम सस्थाका सचिव दिल बहादुर भट्टराईले संचालन गर्नुभएको थियो ।

११ पुष २०८०, बुधबार ०९:२७ मा प्रकाशित
Nabintech