Play

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

गुरुकुल खबर


लेखनाथ, महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ ।

सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जिवन सार्थक हुने वताएका थिए ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए ।

संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरीत गराउन विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा लामो समय वित्तिय क्षेत्रमा क्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव अन्र्तगतको साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।

३ पुष २०८०, मंगलवार ११:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा