Play

युवा नेता गगन थापाको एड्भेञ्चर मोह, द क्लिफ पुगेर स्काइ क्याफेको मज्जा 

गुरुकुल खबर


बाग्लुङ, पर्वत र बाग्लुङको एड्भेञ्चर हब ‘द क्लिफ’ पुगेका प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘स्काई क्याफे’को अनुभव लिएका छन् ।

कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले साथीहरूसँग ‘एड्भेञ्चर ब्रेकफास्ट’ गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि  भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ ।  सोही डोरीमा घिर्नीका माध्यमबाट टेवल झुन्ड्याइएको छ । क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।

थापासँगै क्लिफ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुन प्रसाद जोशी, गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रमेश खनालले स्काई क्याफेमा मज्जा लिएका हुन् ।

२ पुष २०८०, सोमबार १०:१२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा