Play

पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाब दिइने

गुरुकुल खबर


भैरहवा,  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ ।

संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।

प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा-मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रात देखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यविचका रहेका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशक अघि संचालित अभियानले भौरहवाका अतिरिक्त नेपालगंज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुस सम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

भैरहवामा आयोजित कार्यक्रमा सिद्धर्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रुपमा संचालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न आफूहरुको दबाबमुलक आन्दोलन जारी रहेको उनले सुनाए ।

पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित संचालनका लागि सरकारलाई एकिकृत दबाब दिनुपर्ने सुझाव राखे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय  उडानका लागि सरकारलाई दबाब दिइएको र आफुहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए । विमानस्थल संचालन सम्बन्धि मुद्दामा परिषद्को ऐक्यबद्धता उनले सुनाए ।

पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाई राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको जानकारी पनि उनले दिए । पत्रकार नरेश केसीले पोखरा, लुम्बिनी र चितवनलाई समेटेर गोल्डेन ट्र्याङ्गलको अबधारणा अगाडि बढाउनु पर्ने सुझाव राखे ।

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए । अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान संचालन गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले पनि कार्यक्रममा भनाई राखेकी थिइन् ।

पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड १९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउन समेत यो अभियानले बल दिने आयोजक संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।

 

३० मंसिर २०८०, शनिबार १२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा