Play

सेयर बजारमा उछाल, तीन पटक सर्किट ब्रेक लागेसँगै आजलाई बजार बन्द

गुरुकुल खबर


काठमाण्डौ, आज आइतबार सेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ ।

आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

त्यसपछि खुलेको बजार पुनः केही मिनेटभित्रै ५ प्रतिशतले बढेपछि फेरि कारोबार स्थगित गरी दोश्रोपटक सर्किट लगाइएको थियो ।

दोश्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित भएको बजारमा कारोबार पुनः सुरु भएको केही मिनेटमै उछालको गतिमा दौडिएर ६ प्रतिशतको बढोत्तरीसँगै तेश्रो पटक सर्किट लगाउँदै नेप्सेले आजको बाँकी अवधिको कारोबार रद्द गरेको जनाएको हो ।

नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दूमा पुगेको छ । यो अवधिमा ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजारमा १३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ भने २२ वटाभन्दा बढीको कम्पनीको पनि सर्किट लेभलमै कारोबार भएको छ । कुल २२७ कम्पनीले कमाएको यो दिन ३ म्युचुअल फण्ड र २ वटा लघुवित्तको सेयरमूल्य मात्र घट्न पुगेको थियो ।

यो दिन हाइड्रोपावर उपसमूहकाको सूचक ८.६३ प्रतिशतले बढ्न पुगेको छ । त्यसपछि होटल र टुरिजम समूह करिब ७ प्रतिशत, विकास बैंक र वित्त समूहमा समान ६.५९ प्रतिशत, बैंकिङ समूह ५.६८ प्रतिशतको उछाल देखिएको छ ।

लगानी समूह ६.४९ प्रतिशतले बढेको यो दिन जीवन बीमा समूह ५.३० र निर्जीवन बीमा समूह ५.२२ प्रतिशतले बढ्न पुग्यो । ट्रेडिङ समूहको उपसूचक ५.८७, उत्पादन समूह ४.८०, माइक्रोफाइनान्स ५.६५, अन्य समूह ४.५१ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढ्न पुगे ।

२४ मंसिर २०८०, आईतवार १६:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा