Play

फोटोग्राफरहरुलाई ठगी गरेको आरोपमा वडा सदस्यसहित चार पक्राउ

गुरुकुल खबर


पोखरा, ठगी र अवैध असुलीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । फेवा ताल किनारमा फोटोग्राफी गर्ने युवाहरुबाट प्रति व्यक्ति १३ हजार पाँच सय रुपैयाँका दरले असुली गरेको आरोपमा पक्राउ पर्नेमा वडा ६ का सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी पनि छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा लेकसाईड बस्ने ४१ वर्षीय विकास पहारी, ठाउँ बस्ने वर्ष २२ का प्रवीन विश्वकमा र लेकसाइडकै वर्ष २४ का अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल पनि रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत मिलन पहारी समेतले हामीहरूलाई विभिन्न किसिमबाट धम्काई प्रतिव्यक्ति रु. १३,५०० लिएको र मा निजहरूले हामीहरूको नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी १५ जनाले जाहेरी दिएका थिए । उनीहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

२३ मंसिर २०८०, शनिबार १३:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा