Play

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठमा

७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी बैठक मंसिर ३० गते हुने


गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनका लागि संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशनु भन्ने नारासमेत तय गरेको छ ।

महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले दिएको जानकारी अनुसार केन्द्रीय महाधिवेशन अघि वडादेखि प्रदेशसम्मको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको छ । जसअनुसार ७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी बैठक मंसिर ३० गते हुनेछ । त्यसपछि पुस २१ गते वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ ।

त्यस्तै, माघ ६ गते पालिका अधिवेशन, माघ २१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र फागुन १९ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय भएको छ । महासंघले महाधिवेशनको प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाउने निर्णय समेत गरेको अध्यक्ष मगरले जानकारी दिए ।

बैठकले केन्द्रीय अध्यक्ष घर्तीमगरको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम “गोरखा’लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

बैठकले अधिवक्ता राम्जी कोङरेनको संयोजकत्वमा जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधन सहित पारित गरेको छ ।

महासंघको विधानबमोजिम बैठकले सन्तबहादुर चेपाङ ‘मकवानपुर’ को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल ‘म्याग्दी’ को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र नरजंग दुरा ‘लमजुङ’को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय समेत गरेको छ ।

१६ मंसिर २०८०, शनिबार २१:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा