Play

पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईले दिए १ लाख

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् । राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन् ।

पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए । राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए । उनले जन्मदिनको अवसरमा रकम पठाएका हुन् ।

पौडेलको गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो । कोषमा हालसम्म साढे ४ लाख भन्दा बढी संकलन भैसकेको छ ।

१२ मंसिर २०८०, मंगलवार १३:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा