Play

पश्चिमाञ्चलद्वारा छात्रा भलिवलको उपाधि रक्षा

गुरुकुल खबर


पोखरा, पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो।

पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ। दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल हात पाएको छ। क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो।

फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो। प्रतियोगिता संयोजक बिनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरि १२ वटा शैक्षिक संस्थाले प्रतिश्पर्धा गरेका थिए। भलिवल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए।

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुद सहित विविध कार्यक्रम आयोजना गर्दैछ। खेलमार्फत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको पराजुलीले बताईन। विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने उनले बताईन। उनले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताईन्।

१० मंसिर २०८०, आईतवार १५:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा