Play

गण्डकीमा रेसिङ स्पोर्टस संघ गठन, सदस्य सचिव शर्माले गरे फिसटेल रेस ट्रयाकको उद्घाटन

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवर्द्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन (एन.आर.एस.ए) गठन भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा रहेका छन् । उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताए ।

रेसिङ स्पोर्टसका खेल संग सम्वद्ध रहेका अध्यक्ष थापाले रेसिङ स्पोर्टस गण्डकी प्रदेश लगायत सबै प्रदेशमा सम्भावना भएको खेल भएकोले यसको विकासका लागि सुरुवात  भएको उल्लेख गरे । “हामी रेसिङ स्पोर्टस खेलको विकास र प्रवर्द्धन गर्दैै अगाडी बढ्ने लक्ष्य लिएका छौं”–उनले भने–“अव गण्डकी प्रदेशमा रेसिङ स्पोर्टस खेलले गति लिन्छ । गण्डकी प्रदेशलाई केन्द्रविन्दु बनाउँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नेछौं ।”

नव गठित संस्था र पोखरा रंगशालामा सञ्चालन हुने फिसटेल रेस ट्रयाकको एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले औपचारिक रुपमा उद्घाटन गरे । बिहिबार पोखरा रंगशालामा आयोजित कार्यक्रमममा सदस्य सचिव शर्माले रेसिङ स्पोर्टस खेलको विकासले गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विश्वमा पहिचान बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने–“यो एउटा महत्वपूर्ण क्षण हो । हामीले नयाँ विषयमा पाइला चालेका छौं । रेसिङ स्पोर्टसको विकासका लागि परिषदले सक्दो सहयोग गर्ने छ ।”

सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, विभिन्न प्रदेशबाट आएका रेसिङ स्पोर्टस संग सम्वन्धित खेलाडी तथा निर्णायकहरुको सहभागिता रहेको थियो ।

९ मंसिर २०८०, शनिबार १४:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा