Play

प्रेम चलाउनलेलाई कुटपीट गर्ने छ जनालाई जेल सजाइँ

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई कैद फैसला भएको छ ।

उनीहरुलाई २ वर्ष कैदको फैसला भएको र चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसलामा भनिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो। अभियुक्तहरू रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरी उनीहरूलाई २ वर्ष कैद र २० हजारका दरले जरिवाना हुने फैसला गरेको अदालत प्रशासनले उल्लेख गरेको छ ।

अभियुक्त दीपकराज ओझाले भने सफाइ पाएका छन्।चलाउनेमाथि ०७७ असोज २० गते नेपाली कांग्रेसनिक नेविसंघका कार्यकर्ताहरूले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।चलाउनेले उनीहरूविरुद्ध दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको थियो।

सरकारले यो मुद्दा फैसला नहुँदै फिर्ता लिने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै जिल्ला अदालतलाई फैसला गर्न भनेको थियो।

८ मंसिर २०८०, शुक्रबार १३:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा