Play

सहकारी ठगिको आरोपसँगै फरार ढोरपाटनका मेयर देवकुमार नेपाली सामाजिक संजालमा देखिए

१८ वटा घरसहित अर्बौंको सम्पत्ति भएको दाबी


गुरुकुल खबर


पोखरा, सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली एक वक्तव्यसहित फेसबुक भिडियोमार्फत् सार्वजनिक भएका छन् ।

उनी सहकारीमा रकम हिनामिना गरेको आरोप लागेपछि फरार भएका थिए । नेपालीले इमेज सहकारीका बचतकर्तालाई फिर्ता गर्नु पर्ने भन्दा धेरै सम्पत्ति आफ्नो परिवारसँग रहेको दावी पनि गरेका छन् । उनले बाहिर आएर काम गर्ने मौका दिए त्यो सम्पति बचतकर्तालाई हस्तान्तरण गर्न तयार रहेको बताए ।

मंगलबार सामाजिक सञ्जालमा लाइभ आएका मेयर नेपालीले जारी गरेको अपीलमा बाग्लुङ, पोखरा र काठमाण्डौमा गरी आफ्ना १८ वटा घर रहेको र ती घरको मूल्य ३ अर्ब भन्दा बढी रहेको दावी गरेका छन् । आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको उनको भनाई छ ।

आफू ७ वर्षदेखि मेयरको जिम्मेबारीमा रहेको र सहकारीको कारोबार हेर्न नपाएको दावी गर्दै सहकारी समस्यामा परेको थाहा पाएर मिलाउने प्रयास गर्दा गर्दै सबै बचतकर्ता एकै चोटी रकम फिर्ता मागेर अप्ठेरोमा पारेको बताएका छन् । आफ्नो सम्पती बचतकर्तालाई हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन मेयर नेपालीले आग्रह गरेका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार छन् ।

 

६ मंसिर २०८०, बुधबार १३:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा