Play

अमेरिकी डलरले छोयो नयाँ उचाई

गुरुकुल खबर


पोखरा, अमेरिकी डलरको भाउ बढ्ने क्रम रोकिएको छैन । डलर फेरि सर्वाधिक महङ्गो बन्न पुगेको छ । नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११ र १२ तारिखमा रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्य मंगलबार(आज) पनि कायम भएको छ ।

नोभेम्बर ११ र १२ तारिख हालसम्मकै उचाईमा पुगेको डलरको भाउ केही घटेर १३२ रुपैयाँसम्म झरेको थियो । तर, मंगलबार पुनः बढेर अलटाइम हाईमै पुगेको हो । मंगलबारका लागि केन्द्रीय बैंकले अमेरिकी डलरको खरीद दर १३३.०५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३३.६५ रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर महङ्गो हुँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठूलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटान्समा भने निकै ठूलो टेवा पुग्छ ।

सरकारले अन्तराष्ट्रिय निकाय तथा नियोगहरुबाट लिने ऋण डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महङ्गिँदा त्यस्तो लागत बढ्न जान्छ ।

विभिन्न देशबाट विभिन्न सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महङ्गो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्नसक्छ ।

५ मंसिर २०८०, मंगलवार १५:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा