Play

अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिताको तयारी अन्तिम चरणमा

गुरुकुल खबर


पोखरा, पर्यटकीय नगरी पोखरामा यही मंसीर ९ गते अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्न यो दौड्ले सघाउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत नेपाल र चीनका धावकहरु एकैपटक दौड्ने छन् । विभिन्न चारवटा इभेन्टमा प्रतियोगिता संचालन हुनेछ । टिम, व्यक्तिगत, विद्यार्थी र ह्याप्पी रन विधामा खेलाडीहरु दौड्ने छन् । टिम इभेन्टतर्फको प्रतियोगितामा चीन र नेपालका १०–१० टिम रहनेछन्। प्रत्येक टिममा ३ जनाका दरले ६० जना खेलाडी हुनेछन्। टिम इभेन्टको दूरी ४० किलोमिटरको रहेको छ ।

प्रतियोगितामा दौड, साइक्लिङ र फेवातालमा बोटिङ पनि समावेश छन् । टिम इभेन्टका सहभागिले सबैगरि ४० किलोमिटर दूरी पुरा गर्नुपर्ने पालिखेले जानकारी दिए। फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता विभिन्न ठाउँ पुगेर फेवाताल पारि आएपछि डुंगा तरेर बाराहीघाट नै आउनुपर्नेछ।

त्यस्तै व्यक्तिगत दौड भने ३८ किलोमिटरको हुनेछ। व्यक्तिगत विधातर्फ १ सय ४० जना धावकबीच प्रतिश्पर्धा हुनेछ। सर्वसाधारण र विद्यार्थीका लागि भने पाँच किलोमिटर दूरीको दौड हुनेछ। प्रतियोगितामा टिम इभेन्टतर्फ प्रथम हुनेले ३ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछ। दोश्रोले २ लाख ८८ हजार, तेश्रोले २ लाख १६ हजार, चौथोले १ लाख ४४ हजार र पाँचौले ९ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

त्यसैगरि व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार, द्वितीयले १ लाख ८ हजार, तेश्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउने पनि आयोजकले बताएको छ। व्यक्तिगत स्पर्धामा दशौं स्थानसम्मका धावकले पुरस्कार पाउनेछन्। विद्यार्थी दौडमा पनि उत्कृष्टले नगद पुरस्कार पाउने उनले बताए।

हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर ती धावक पोखरा आउनेछन। जहाज चीनबाट सिधै पोखरा ओर्लिनेछ। नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले यो प्रतियोगितालाई संयुक्त रुपमा आयोजना गरेका छन्। सह आयोजकको रुपमा चीनको यूनान माउन्टेनेयरिङ तथा आउटडोर स्पोर्टस एशोसिएसन र होटल संघ पोखरा रहेका छन् ।

४ मंसिर २०८०, सोमबार १४:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा