Play

प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’

गुरुकुल खबर


पोखरा, पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेशन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो ।

सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरें । मावि र उच्च मावि मध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट भएको थियो ।

प्रतिभा नेपालकै उत्कृष्ट विद्यालय मध्येमा स्थापित बनिसकेको शिक्षण संस्था रहेको सापकोटाले बताए । उत्कृष्ट नतिजा, राम्रो व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार लगायतको मापदण्डलाई मूल्यांकन गर्दै प्रतिभालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै विद्यालयका अध्यक्ष नारायण पौडेलले जापानमा आयोजित कार्यक्रममा उत्कृष्ट प्लस टुको अवार्ड प्राप्त गर्नु विद्यालका लागि गौरवको कुरा भएको बताए । सबैको मेहनतको कारण यो सफलता मिलेको उनको भनाइ छ ।

पोखरा क्षेत्रमा विभिन्न व्यापार तथा व्यवसायमा स्थापित शैक्षिक उद्यमीहरुको लगानीमा सञ्चालित प्रतिभा माविमा वर्षेनी विद्यार्थीको आकर्षण देखिदै आएको छ । यस अगाडि प्रतिभाले सन् २०१८ मा यूएईमा भएको कार्यक्रममा टिचिङ एक्सेलेन्स अवार्ड समेत हात पारेको थियो ।

३० कार्तिक २०८०, बिहीबार १३:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा