Play

नेपाल संवत्लाई राष्ट्रिय सम्वत् का रुपमा कार्यन्वयन गर्न माग सहित पोखरामा गरियो भिन्तुना र्‍याली

गुरुकुल खबर


पोखरा, मैलिक नेपाल संवत् ११४४ को अवसरमा पोखरामा र्‍याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेवाखलःकास्कीले मौलिक तथा राष्ट्रिय संवत्लाई विशेष रूपमा मनाउने गरी भिन्तुना र्‍यालीआयोजना गरेको हो ।

नेवा छेः मा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पुजा गरेर मनाउने यो पर्व (नयाँवर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सबैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्रहाम्रो मौलिकता झल्कने धारणा राखिन् ।

कार्यक्रममा नेवाखल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र प्रचलित नेपाल संवत्लाई राज्यले अपहेलना गरेको धारणा राखे । उनले संसारका कुनै पनि मुलुकमा आफ्नो राष्ट्रका नाममा संवत् नभएको तर नेपालमा भएकोले यसलाई कामकाजी संवत्का रुपमा ल्याउन आवस्यक रहेको बताएका छन् ।

नेवारी समुदायका शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुवात भएको हो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभुतीका रुपमा सम्मान सहित उल्लेख गरेको छ ।

यही दिन वेलुका म्हः शरिरको पूजागर्ने प्रचलन रहेको छ । नेपाल संवत्कै अवसरमा बिहान पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल््यार्पण गरिएको थियो ।

भने त्यस कास्कीमा रहेका विभिन्न नेवाखलः, नेवा ल्याम्हपुचः, नेवाकचाँ, नेवामिसापुचः नेवापत्रकार पुचलगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्‍याली सहित नेव छेः कास्कीको हलमा आएर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

पृथ्वीचोकबाट सुरु भएको उक्त र्‍याली नयाँबजार, महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टिहुँदै नेवा छेँ कै भवनमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागी हुने समूहहरूले जातीय सांस्कृतिक पोसाक सहितको उपस्थिति थियो ।
उक्त र्‍यालीमा उत्कृष्ट हुने समूहहरूमध्ये प्रथम हुनेलाई २५ हजार, द्वितस्य हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु ५/५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

२९ कार्तिक २०८०, बुधबार १३:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा