Play

एफसीद्वारा वोहराको उपचारार्थ नगद सहयोग

गुरुकुल खबर


पोखरा, एट टु नाईन एफसी पोखराले अन्डर १५ फुटबल खेलकी उदयीमान राष्ट्रिय खेलाडी एशोदा वोहरालाई बुधबार एक लाख नगद सहयोग गरेको छ ।

क्लबले सेभेन ए साईड फुटबल प्रतियोगिता गरी वचत भएको उक्त रकम गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले घाइते खेलाडी एशोदाका काका जितेन्द्र बहादुर वोहरालाई पोखरामा नगद हस्तान्तरण गरेकी छन् ।

मन्त्री सिम्खडाले दुःख परेको बेलामा आबश्यक सहयोग गर्नु नै मानव सेवा भएको बताउँदै युवाहरुले खेलकुदको विकासमा लागेकोमा धन्यवाद दिएकी थिइन् ।

पोखरामा वन्द प्रशिक्षणमा रहेको वेला वोहरालाई स्पाइनल कर्ड सम्बन्धि समस्या भएको थियो । क्लबले असोज १७ देखि २२ गतेसम्म सेभेन ए साईड फ्ुटबल प्रतियोगिता गरी वचत रहेको रकम वोहरालाई प्रदान गरिएको क्लबका उपाध्यक्ष धनराज तामाङले बताए ।

सो अवसरमा क्लबका सचिव नवराज गुरुङले संचालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष राजेश गुरुङ, रकम संकलनमा सक्रिय सुजु रानाभाट, सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट, मन्त्रालयका सचिव र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२९ कार्तिक २०८०, बुधबार १३:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा