Play

खुल्यो कोरला नाका

गुरुकुल खबर


पोखरा, मुस्ताङस्थित कोरला नाका सोमबारदेखि खुलेको छ । २०७६ चैतदेखि यो नाका ठप्प थियो ।

नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकहरु सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले १ हजार हाराहारी सीमा पार पास वितरण गरेको जनाएको छ ।

२०७६ अघि वर्षमा २ पटक कोरला नाका नजिकै मेला लाग्ने गथ्र्यो । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू चिन्तित थिए ।

२७ कार्तिक २०८०, सोमबार १५:१० मा प्रकाशित
Nabintech