Play

पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन

गुरुकुल खबर


पोखरा, पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ ।

विभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुुुसिला सिंखडाले गरेकी थिइन् । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री सिंखडाले संचार माध्ययमले गरेका यस्ता कार्यक्रमले नेपालको मौलिक कला संस्कृतीको जगेर्ना गर्न ठुुलो भुुमिका खेल्ने बताइन् ।

महोत्सवमा नेपाल मगरसंघ रामबजर इकाई समिति पोखरा, बाग्लुुङ घूूम्टे मगर समाज फुलबारी, पुन समाज पोखरा, क्षेत्री समाज जिल्ला कार्य समिति कास्की, लेखनाथ नेवा मिसा पुुच, सिद्धार्थ तमुु समाज सेति नहर मार्ग भद्रकाली र गन्दर्भ आमा समुुह बाटुुलेचौरको सहभागीता रहेको थियो ।

प्रत्येक समुुहले पाँच पाँच हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका थिए । पछिल्लो समय नेपाली मौलिक संस्कृती परम्परामा बिचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचाउन मुख्य भुमिका खेल्ने वरिष्ठ लोक दोहोरी गायक, प्रथम मौलिक देउसी भैलो महोत्सव २०८० का निर्णायक संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले तिहारको समयमा खेलिने देउसी भैलोको मौलिकपना बचाउदै भाबी पुस्तामा संस्कृती हस्तान्त्रण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सबै प्रति आभार व्यक्त गरे । उक्त प्रतियोगितामा वरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली कवी पदम राज ढकाल र लोक दोहोरी गायिका शरला पाण्डेले निर्यायकको भुुमिका निभएका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुति समेत रहेको थियो ।

 

२७ कार्तिक २०८०, सोमबार १२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा