Play

फिर्के खोला मिचेका संरचना नहटाउन अन्तरिम आदेश

गुरुकुल खबर


पोखरा, फिर्के खोला मिचेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना आह्वान गरेकोमा अदालतले रोक लगाएको छ ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन गत कात्तिक १० मा पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उच्च अदालत पोखरामा परेको रिटमा न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरी त्यस्तो रोक लगाएको हो ।

फिर्के तमु समाजसमेतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए । विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको छ ।

२४ कार्तिक २०८०, शुक्रबार १६:०३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा