Play

लेकसाइड २४ सै घण्टा खोल्न अदालतको आदेश

गुरुकुल खबर


पोखरा, पोखराको पर्यटकीय क्षेत्र लेक साइड चौविसै घण्टा खोल्न अदालतले आदेश दिएको छ । बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश जारी गरेको हो ।

व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए । देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन् ।

कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ । बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट दिएकी थिइन् ।

२२ कार्तिक २०८०, बुधबार १६:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा