Play

मुद्दा हारे रिगल, प्रहरीद्वारा पुन: पक्राउ

गुरुकुल खबर


काठमाडौं, राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले  नेपालगन्जकाे न्यूराेडबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले जानकारी दिए। उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियाे । उनलाई न्यूराेडबाट पक्राउ गरेकाे हाे ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे  थियाे  । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

चेतन मानन्धरकाे हत्या आराेपमा जेल  सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।

 

१६ कार्तिक २०८०, बिहीबार १८:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा