Play

जिरो किमीमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ ।  उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिवद्धता जनाए ।

पोखरामा अहिले विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यका सचिवालय प्रमुख पुर्ण लामाले जीवनदान जस्तो पुण्यको काममा सहभागिता जनाउनेप्रति धन्यवाद ज्ञापन गरेका थिए । पोखरामा रगतको अभाव हुन नदिन रक्तदानको कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरुलाई उनले आग्रह समेत गरे ।

कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देबेन्द्र सुबेदीले आकस्मिकरुपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गरेका थिए । पोखरामा रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबले समन्वय गरेको थियो ।

१४ कार्तिक २०८०, मंगलवार १३:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा