Play

सिंगापुरलाई हराउँदै आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

गुरुकुल खबर


काठमाडौं, सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी–२० विश्वकप छनोटमा शानदार यात्रा थालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य चुम्न सफल भयो ।

सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए भने कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहन पुगे । आसिफ शेख २७ रन बनाएर आउट भएका थिए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट खसेको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट हुन पुगे । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोड्न सफल भएको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २–२ विकेट लिएका थिए । नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

१३ कार्तिक २०८०, सोमबार १३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा