Play

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रति तोला १ लाख १७ हजार रुपैयाँमा कारोवार

गुरुकुल खबर


पोखरा, सुनको भाउले फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

सातको पहिलो दिन बजारमा सु्नको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ । यसअघि भने, गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा सुन किनवेच भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

यसअघि शनिबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।

१२ कार्तिक २०८०, आईतवार १२:३६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा