Play

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत  

गुरुकुल खबर


कुश्मा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित कुष्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

कुश्मा र बाग्कुङ बिचको कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ ।  कार्कीका अनुसार मन्त्री बस्नेतले परिवारसहित क्लिफमा एक रात बिताएका थिए । शनिबार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किएका हुन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइकल, वाल क्लाइम्बिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ लगायत गतिविधि सन्चालनमा छन् ।

११ कार्तिक २०८०, शनिबार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा