Play

सहारा क्लबको मैत्रीपूर्णखेल, वृक्षारोपण तथा शुभकामना आदान प्रदान

गुरुकुल खबर


पोखरा, सहारा क्लब पोखराले वडा दशैँको अवसरमा नेपाल खेलकुद पत्रकार गण्डकीसँग मैत्रीपूर्ण फुटबल खेलेसँगै वडा दशैँको शुभकामना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले क्लबको लागि जे आवश्यक छ त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

वडाले सबै काम गर्न नसके पनि वडाले सुरूवात गरिदिने उनले बताइन् । पर्यावरणको लागि वृक्षरोपण आवश्यक भएको बताउदै दोभिल्ला संरक्षण गर्न २० लाख विनियोजन भएको जानकारी गराइन् । स्थानीय सरकारले अन्य सरकारसँग समन्वय गर्दै दोभिल्ला संरक्षण र हरियाली वातावरण बनाउने अभियानमा लाग्ने उनको भनाई थियो । तिनकुने देखि दोविल्लासम्म विश्व बैंकले केहि योजना बनाउने चासो देखाएका उनले सुनाईन्। साथै वडाकपका लागि मैदान अभाव हुँदा वडाका युवाहरुले असन्तुष्टि व्यक्त गरेको सुनाउँदै उनले प्रतियोगिताको लागि एकेडेमीको मैदान उपलब्ध गराईदिन समेत आग्रह गरिन् ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले दशैँ पर्वलाई सामाजिक संजालमा समाजलाई विखण्डन गर्न खोजिएकोले यसमा सचेत हुनुपर्नेमा जोड दिए । नेपालीहरु एकताको सुत्रमा बाधिनु पर्ने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सहारा एकेडेमी सहित दोविल्ला बचाउनुपर्नेमा जोडदिए । सहारा क्लव हङहङका अध्यक्ष दीपक गुरूङले फुर्सेखोलाले ड्याम भत्काउन थालेकोले अब चेकड्याम निर्माण गर्नुपर्ने बताए ।

आजीवन सदस्य विश्वराज बरालले प्रत्येक वडामा खेलकुद मैदान बनाउने अभियान अन्तर्गत एकेडेमीमा थप मर्मत सम्भार गर्न आग्रह गरे । एकेडेमीलाई वडाको खेलकुद गतिविधिमा समेत समेट्न सक्ने आश्य व्यक्त गरे । क्लबका मानार्थ सदस्य महेश गुरूङले सहारा एकेडेमी बचाउन स्थानीय सरकार लाग्नु पर्ने बताए । सल्लाहकार मदन केसीले २५ बर्ष अघि परिकल्पना गरिएको एकेडेमीको स्मरण गर्दै सहारा क्लबले फुटबल मात्र नभई सामाजिक कार्यसमेत गर्दै आएको बताए ।

सहारा क्लबका अध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, संयोजक केशर पौडेल, सदस्य सन्दीप सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए । यस्तै मैत्रीपूर्ण खेलमा सहारा क्लबले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २–१ गोलले पराजित गरेको छ । सहाराको तर्फबाट शुसिल बराल र राजेश पुनले एक एक गोल गर्दा मञ्चको तर्फबाट मञ्चका अध्यक्ष दीननाथ बरालले बसन्त शेर्पाको पासमा गोल गरे । २५, २५ मिनेटको खेलमा दुबै तर्फ एक एक गोलले बराबरी भए पछि आन्तरिक सहमतिमा भाले गोलको सहायताबाट सहाराले जित हासिल गरेको हो । पहिलो हापमा एक गोलले अघि रहेको मञ्च घरेलु मैदानको भरपूर सदुपयोग गर्दै क्लवले दोश्रो हापको करिब भाले गोलको खोजीमा करिब अतिरिक्त दश मिनेटमा गोल गरेको हो । मंञ्चको कप्तानमा सुरज श्रेष्ठ रहेका थिए ।

३ कार्तिक २०८०, शुक्रबार १२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा