Play

पोखराको बाटुलेचौरमा दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल शुरु, दश टिमको सहभागिता

गुरुकुल खबर


पोखरा, पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता शुरु भएको छ ।

पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानीय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको शुरु भएको हो । बडादशैंको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले मानवीय जीवनलाई स्वस्थ र फुर्तिलो बनाउन खेल आवस्यक रहेको बताए । उनले टोल विकास संस्थाहरुले विकास निर्माण र सामाजिक कार्यका अलावा मानव स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताउँदै, संस्थाले गरेको कार्य उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे ।

संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– २० का वडाध्यक्ष गंगाबहादुर खत्री क्षेत्री, पोखरा– १६ का पुर्व वडाध्यक्ष जीवन आचार्य, गरिमा विकास बै‌क वाटुलेचौर शाखाका प्रमुख कमल सुवेदी लगायतकाले राजपधेरा टोल विकास संस्थाले गरेका कार्यको अरु संस्थाले पनि सिको गर्नुपर्ने औल्याए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिश्चन्द्र बस्नेत र संचालन आशिष गुरुङले गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकार इशु गुरुङ, प्रतिमा गुरुङ, राजेश तामाङ र खुशीमान गुरुङले मौलिकता झल्कने साँस्कृतिक झ्याउँरे नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएको भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिए । लिग राउण्डका आधारमा हुने खेलमा भलाम १, भलाम २, ठाँटी, मैदान,नमुना क्लव, चनौटे १,लामाचौर, अम्विका टोल, आयोजक राजपँधेरा र अर्मलाकोट गरी १० वटा भेट्रान्स टिमको सहभागिता रहेको छ ।

“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ आयोजना गरिएको कार्यक्रममा आईतवार अन्तिम दिन भलिवलको फाइनल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम संचालन हुने बताईएको छ । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव रु ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले बताउनुभयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।

२६ आश्विन २०८०, शुक्रबार १५:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा