Play

हेमजामा आयोजित रक्तदानमा ४१ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८.५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाइजर प्रजापति बाँस्तोलाले पहिलो रक्तदाता प्रकाश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि बाँस्तोलाले कार्यक्रमको प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।

डा.बिमलमान श्रेष्ठले रक्तदान गर्दा हुने फाइदा बारे जानकारी गराएका थिए । कार्यक्रममा हेमजा सञ्चार सहकारी संस्थाका पुर्व अध्यक्ष मिनराज तिमिल्सिना, समाजसेवी दानबहादुर थापा र जोन चियरपर्सन बसन्त बाँस्तोलाले भनाई राखेका थिए ।  माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५ हेमजाका प्रोपाइटर सञ्जय तिमिल्सिनाले टेण्टको व्यवस्थापन गरेका थिए ।

लायन्स क्लब अफ पोखरा हेमजाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गाप्रसाद पौडेलले स्वागत गरी सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन डिस्ट्रिक्ट कमिति चियर पर्सन हरिसचन्द्र पौडेलले र लियो प्लेज हेमजाका कोषाध्यक्ष सन्तोष त्रिपाठीले वाचन गरेका थिए ।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णमान श्रेष्ठ र रेडियो हेमजाका स्टेसन म्यानेजर निराजन अधिकारीले गरेका थिए ।

२५ आश्विन २०८०, बिहीबार १३:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा